उपत्यका विभिन्न ठाउँमा शंकास्पद गतिविधि गर्ने १८ बन्दकर्ता पक्राउ
काठमाडौं । प्रहरीले उपत्यकाबाट शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ।
मंगलबार उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई पक्राउ गरिइकाृ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंको वानेश्वर, कोठेश्वर , सुन्धारा , मंगलबजार, मालीगाँउ, स्वयम्भु, एरियाबाट बन्दकर्ता प्रकाउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
पक्राउ गरिएकाहरुलाई अहिले नजिकैको प्रहरी कार्यालयमा राखिएको बताइएको छ। मंगलबार नेत्र विक्रम चन्द विप्लवसहित चार कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्।
बन्दकर्ताले काठमाडौंको कोटश्वरमा महानगर यातायातको बसमा ढुंगा हानेका छन् । बन्दको दिन काभ्रे र कैलालीको केही स्थानमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाले निष्कृय पारेको छ भने बनेपाकाे चारदाेबाटाेबाट प्रदर्शनमा उत्रिएका बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच दाङमा टिफर जलाएकाे आराेपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एकाबिहानै दाङमा आगजनी भएपछि प्रहरीले चालक र सहचालकसहित चार जनालाई नियन्त्रणमा लिएको हाे ।
घोराही-लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगजनी भएकाे प्रहरीले जनाएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्