सरकारले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमशीलतालाई बढाई स्वदेशमा नै रोजगारी प्रवर्द्धन गर्न सरकारले जस्तोसुकै सहयोग गर्ने बताउनुभएको छ ।
महिला उद्यमी महासङ्घको कार्यक्रममा आज प्रधानमन्त्री देउवाले महिलाहरूलाई स्वरोजगार बनाई अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्नुहुँदै नेपाली उत्पादन बढाई निर्यातमुखी वातावरण बनाउनुपर्ने, स्वदेशी सिप, कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्