तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने गठबन्धनको निर्णय

फाइल तस्बिर

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले नेपाल नागरिकता विधेयक, २०७९ लाई संसदबाट पारित गरी पुन राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयकलाई संसदबाट तत्काल प्रक्रिया अगाडि बढाई पुन राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको हो । 

फिर्ता भएको नागरिकता विधेयकलाई पुन संसदले पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रक्रिया अगाडि बढाइने सहमति भएको सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । 

यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत् रुपमा सरोकारवालाहरू, मानव अधिकारकर्मी, नागरिक समाजका तथा पीडितहरूको सुझावलाई  मनन गरेर विधेयक अगाडि बढाइने मन्त्री कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button