तपाईँ सुन्दै हुनुहुन्छः

समुन्नत राष्ट्र निर्माणमा युवाहरूको अन्तर पुस्ता सीप हस्तान्तरण महत्त्वपूर्ण  : प्रधानमन्त्री 

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको अन्तर पुस्ता सीप हस्तान्तरण महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तर पुस्ता सीप हस्तान्तरणमा चुनौती देखिए पनि त्यसलाई अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । 

उहाँले युवा उद्यमशीलतालाई सरकारले प्राथमिकता दिएको बताउँदै युवालाई जीवनोपयोगी सीप सिकाइ स्वदेशमा नै जीविकोपार्जनको अवसर दिनुपर्ने धारणा राख्नुभयो । 

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय युवा दिवसजस्ताले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने समेत बताउनुभयो । 

उहाँले देश विकासमा युवाको भूमिका महत्त्वपूर्ण रहने भन्दै सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषद्ले युवा उद्यमशीलतामा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button