क्यानडामा मङ्कीपक्सका बिरामीको सङ्ख्या हजारभन्दा बढी
ओटावा । क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।
क्यानडाको सार्वजनिक स्वास्थ्य सम्बन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन् ।
ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बियामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन् ।
मङ्कीपक्सका बिरामीहरू दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।रासस/सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्