तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने

eQmk’/, @$ ;fpgM lgdf{0f x’g nfu]sf] åf/sfwfd dlGb/sf] gd”gf eQmk’/–;”o{ljgfos gu/kflnsf–&, u’G8’l:yt kflye/f dlGb/ kl/;/df lgdf{0f x’g uO/x]sf] åf/sfwfd dlGb/sf] gd”gf tl:a/ . tl:a/M /fhf/fd sfsL{÷/f;;

काठमाडौँ । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा  नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम उतराखण्डस्थित बद्रीनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरूपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पुजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिनुभयो ।  हिन्दु धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् । 

नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको  द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराउनुभएको र यसका लागि रु  २० करोड खर्च लाग्ने अनुमान गरिएको  छ ।   मन्दिर स्थानीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा गरिने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button