तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु  

कपिलवस्तु । जिल्लाको बाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

आज बिहान करिब ९ः०० बजे बाणगंगा नगरपालिका– २ पिपराको मेचकुरीबाट लखन चोक आउँदै गर्दा गोवडीहवामा मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।

लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बाबु के.सी.का अनुसार मोटरसाइकल चालक बाणगंगा नगरपालिका वडा नं.२ निवासी २५ बर्षीय रमेश वि.क. र मोटरसाइकलमा पछाडि २७ बर्षीय गोपाल वि.क.को मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएको दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button