नदीमा डुबेर किशोरीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको स्याली नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडीको सुर्नया गाउँपालिका ५ घर भएकी १८ वर्षीया जानकी मडैको मृत्यु भएको हो ।
सोमबार भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्