कपिलवस्तुमा बाढीले दुई जनालाई बगायो

कपिलवस्तु । अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुमा दुई जनालाई बगाएको छ । जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले एक दम्पतीलाई आज बिहान बगाएको हो ।
बाणगंगा– ७ निवासी बीर बहादुर सुनार र लक्ष्मी सुनार रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको जनाइएको छ ।
उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन् । नदीमा बगेका दुवै जनाको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्