तपाईँ सुन्दै हुनुहुन्छः

जिम सेन्टरमा आगलागी हुँदा ९० लाख बराबरको क्षति

बर्दिबास । महोत्तरीको बर्दिबासमा रहेको एक जिम सेन्टरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ ।

बर्दिबास–१ स्थित बजार क्षेत्रमा अभिषेक झाले सञ्चालन गरेका ३६५ फिटनेस सेन्टरमा विद्युत् सर्ट भएर सोमबार आगो लागेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आगो सशस्त्र प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको इलाका कार्यालय बर्दिबासका डिएसपी रवि रावलले जानकारी दिनुभयो ।

दिउँसो २ः१५ बजे लागेको आगो २ः५० मा नियन्त्रणमा आएकाले थप क्षति हुनबाट बचेको डिएसपी रावलले बताउनुभयो । आगो लागेको तल्लो तलामा सिद्धार्थ बैङ्क र वल्लो पल्लो घरमा अन्य २ वटा बैङ्क जोडिएकै भए पनि बैङ्कमा आगोले क्षति नभएको रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button