तपाईँ सुन्दै हुनुहुन्छः

पर्वहरूले सम्बन्धलाई जोड्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वहरूले टाढिन लागेका सम्बन्धहरूको नवीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

एमाले कला, साहित्य तथा संस्कृति विभागले साउन १५ को अवसरमा आज पार्टी कार्यालय च्यासलमा आयोजना गरेको खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरू संस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा विभाग प्रमुख रघुजी पन्तले किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको विचार व्यक्त गर्नुभयो ।  

खीर खाने कार्यक्रममा एमालेलगायत विभिन्न पार्टीका नेता, संस्कृतिकर्मी, लेखक कलाकारहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button