तपाईँ सुन्दै हुनुहुन्छः

थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, एकको मृत्यु 

काठमाडौँ । देशभर आज थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२ हजार ६ सय ५१ नमूनाको पिसिआर परीक्षण गर्दा  ४ सय ९६ र ३ हजार १ सय ९५ नमूनाको एन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । 

आज संक्रमित २ सय ९७ जना निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ । 

आज २५ हजार ४ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button