प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग सहायक विदेशमन्त्री लूले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताका क्रममा उहाँहरू बीच नेपाल–अमेरिकाको आपसी सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटमार्फत जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै अमेरिकी सरकारबाट अझै उच्चस्तरको आर्थिक सम्बन्धको अपेक्षा गरेको बताउनुभयो ।
भेटमा विगत ७५ वर्षको नेपाल–अमेरिका साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणमा बिहीबार नेपाल आइपुग्नुभएका लूले यसअघि परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्