तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीमा एसइई परीक्षामा ३.६ देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थी सख्या ७८४

कास्की। यस वर्षको एसइईको नतिजामा गण्डकी प्रदेशमा ३.६ देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या ७८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ३५०१, २.८ देखि ३.२ जिपिए ल्याउने ७०८७ रहेको बोर्डले जनाएको छ ।

प्रदेशभर एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी भएका थिए । प्रदेशका ११ वटै जिल्लाबाट १ हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी थिए ।

देशभर पाँच लाख १४ हजार पाँच सय ७७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button