तपाईँ सुन्दै हुनुहुन्छः

इरानमा छ जना सशस्त्र लागुऔषध तस्कर मारिए

तेहरान। इरानी प्रहरीले दक्षिणी प्रान्त केरमानमा गरेको कारबाहीमा छ सय ९७ केजी अवैध लागुऔषध बरामद गर्नाका साथै छ जना सशस्त्र तस्करलाई मारेको प्रान्तीय प्रहरी प्रमुख अब्दोलरेजा नाजेरीले बताएका छन् । 

कारबाहीका क्रममा तस्करहरूबाट हातहतियार र ठूलो परिमाणमा गोला बारुद फेला परेको उनले बताए । तस्करकरूको आक्रमणमा परी एकजना प्रहरी जवानको मृत्यु भएको र पाँचजना घाइते भएका छन् । 

अफगानिस्तानबाट युरोपसम्म लागूऔषध तस्करी गर्न सशस्त्र तस्करहरूले इरानलाई प्रयोग गर्दै आएका छन् ।   विगत केही दशकयता  इरानका पूर्वी र दक्षिणपूर्वी सीमानामा सुरक्षा बलहरू र सशस्त्र लागूऔषध तस्करबीच घातक झडप हुँदै आएका छन् । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button