रुसका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको आरोपको रुसी विदेशमन्त्री लाभ्रोभद्वारा खण्डन

काठमाडौं । रुसी विदेशमन्त्री सर्गे लाभ्रोभले रुसका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको आरोपको खण्डन गर्नु भएको छ ।
अरब राष्ट्रहरूका राजदूतसँग इजिप्टको राजधानी कायरोमा भएको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै, विदेशमन्त्री लाभ्रोभले रुस माथि लगाएको प्रतिबन्धका कारण विश्व खाद्य सुरक्षामा परेको प्रतिकुल असरका बारे पश्चिमा राष्ट्रहरूले सत्य तोडमोड गरेर प्रस्तुत गरेको आरोप लगाउनु भयो ।
उहाँले पश्चिमा राष्ट्रहरूले विश्वमा आफ्नो दबदबा कायम गर्न खोजेको पनि आरोप लगाउनु भयो ।
अरब र अफ्रिकी राष्ट्रहरूमा रुस–युक्रेन युद्धका कारण खाद्य सङ्कट बढ्दै गएको बिबिसीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्