अष्ट्रेलियामा बढ्दो सङ्क्रमणका बीच मास्क लगाउन प्रधानमन्त्रीको आग्रह
क्यानबेरा । अष्ट्रेलियामा बढ्दो कोरोना सङ्क्रमणका बीच प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशवासीलाई मास्क लगाउन आग्रह गर्नुभएको छ ।
आज ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशवासीलाई मास्क लगाउन आग्रह गर्नुभएको हो ।
अष्ट्रेलियाका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानी व्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताउनुभयो । उहाँले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गर्नुभयो ।
मङ्गलबार अपराह्नसम्मको विवरणअनुसार अठासी लाख ५० हजार तीन सय ४३ कोरोनाबाट सङ्क्रमित भएका छन् भने दश हजार सात सय ९४ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ४७ हजार सात सय ५६ पुगेको छ । पाँच लाख नागरिकले कोभिड–१९विरुद्धको चौथो खोप लगाइसकेका छन् ।
वरिष्ठ चिकित्सकको निकाय अष्ट्रेलियाली मेडिकल एसोसिएसन (एएमए)ले मास्क अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ भने बिरामीको बढ्दो चापका कारण अस्पताल भरिभराउ भएका छन् । रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्