युरोपमा बढ्दो गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित

काठमाडौं । युरोपको पश्चिमी क्षेत्रमा बढ्दो गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ ।
तातो हावा उत्तर तिर लाग्दा आज (मङ्गलबार) थप गर्मी बढ्ने र तापक्रम थप बढ्न सक्ने बिबिसी उल्लेख गरेको छ ।
हिजो (सोमबार) स्पेनमा तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
बेलायत र फ्रान्समा पनि बढ्दो गर्मी कारण नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन भनिएको छ ।
बढ्दो गर्मी र तातो हावाका कारण ग्रिस, फ्रान्स, पोर्चुगल, स्पेनका धेरै ठाउँमा डढेलो लागेको छ ।








प्रतिक्रिया राख्नुहोस्