पदाधिकारी र केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज केन्द्रीय पदाधिकारी र सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बसेको बैठकमा उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले आ–आफ्नो धारणा राख्नुभयो ।

यस्तै बैठकमा केन्द्रीय सदस्यहरु डा. प्रकाश शरण महत, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र आमन्त्रित गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
असार २७ गतेदेखि जारी बैठक यही श्रावण २ गते सोमबार दिउँसो ३ बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्