स्वास्थ्य र शिक्षाको हक कार्यान्वयन गरी समाजवादको आधार तय गर्न सरकारलाई एमालेको सुझाव

काठमाडौँ । नेकपा एमालेले मौलिक हक अन्तर्गत स्वास्थ्य र शिक्षाको हक कार्यान्वयन गरी समाजवादको आधार तय गर्न सरकारलाई सुझाव दिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले एक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कन गरी प्रतिपक्षी दलका तर्फबाट निगरानी र खबरदारी गरिएको जनाएको हो ।
एमालेले कुल जनसङ्ख्याको ७० प्रतिशतलाई यही असार १५ भित्र कोभिड विरुद्धको खोप लगाउनुपर्ने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनको भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यो पुरा गर्न नसकेको एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
सरकारले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा हुने नीतिगत पक्षमा प्रतिपक्षी दल र सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख भट्टराईले माग गर्नुभयो ।
चिकित्सा शिक्षाका विविध विषयको लाइसेन्स परीक्षामा ३० प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण हुनुले गम्भीर ध्यानाकर्षण भएको नेकपा एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्