तपाईँ सुन्दै हुनुहुन्छः

कवि लम्साल र साहित्यकार रेग्मीलाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने

काठमाडौँ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले वरिष्ठ कवि एवं रेडियो नेपालका निर्देशक डा. नवराज लम्साललाई र वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलाई सम्मानित गर्ने भएको छ ।

अग्नि महाकाव्यमार्फत समानताका पक्षमा आवाज बुलन्द गरेबापत वरिष्ठ कवि डा. लम्साललाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित तथा नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेबापत वरिष्ठ साहित्यकार रेग्मीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित  सम्मानित गर्ने निर्णय भएको सुदूरपश्चिमाञ्चल साहित्य समाजले जनाएको छ । 

वरिष्ठ कवि डा. लम्सालका अग्नि, कर्ण र धरा महाकाव्यसहित ८ पुस्तक प्रकाशित छन् भने एक दर्जन बढी कथा सङ्ग्रहका लेखक वरिष्ठ कथाकार रेग्मी मौलिक कथाकार मानिनुहुन्छ ।  

विश्व नारी साहित्य सम्मेलनका अवसरमा उक्त सम्मान प्रदान गरिने सुदूरपश्चिमाञ्चल साहित्य समाजले जनाएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले लामो समयदेखि नेपाली साहित्यको श्रीवृद्धिमा भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button