तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख पदका लागि मनोनयन दर्ता आज

काठमाडौँ। प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारीको सूचना दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने र १:३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।

भोलि दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुने छ । निर्वाचनको कार्यतालिका हिजो प्रकाशन गरिएको हो ।

यसैबीच गठबन्धनको तर्फबाट उपसभामुखको उम्मेदवार नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाललाई अगाडि बढाउने काँग्रेसको तयारी छ ।

भुषालको उम्मेदवारीलाई गठबन्धनमा छलफल गरी सहमति जुटाएर अघि बढ्ने तयारी गरिएको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button