आचरण विपरीतका कार्य क्षम्य नहुने: गिरी
सुनसरी । अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण विपरीतका कार्य क्षम्य नहुने प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बताउनुभएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै उहाँले धेरैभन्दा धेरै स्थानमा चेक प्वाइन्ट राखी चेकजाँच गर्न समेत निर्देशन दिनुभयो।

यसैगरी प्रदेश प्रहरी प्रमुख गिरीले आजै नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको समेत निरीक्षण भ्रमण गर्नुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्