सार्वजनिक लेखा समितिको २२ औँ वार्षिक प्रतिवेदन, २०७९ बहुमतले पास

काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकले समितिको २२ औँ वार्षिक प्रतिवेदन २०७९ बहुमतले पास गरेको छ । संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले सो प्रतिवेदन पास गरेको हो ।
बैठकमा विपक्षी दल नेकपा एकालेका ससदहरु गोकुल बास्कोटा, शिवमायाँ तुम्वाहाम्फे, विशाल भट्टराई लगायतले समितिको सभापति विपक्षी दलको हुने परम्परा रहेको, ठूला आर्थिक अपचलन, विद्यार्थीले पाठ्यपुस्तक नपाएका, बजेट निर्माणका क्रममा भएको घटना लगायतका विषयमा समिति मौन रहेका कारण सभापतिले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै बैठक बहिष्कार गरेका थिए ।
बैठकमा समितिका सभापति भरतकुमार शाहले आफु पनि सभापति रहिरहन अनिच्छुक रहेता पनि कानूनी जटिलता र यही असार मसान्तभित्र समितिको प्रतिवेदन संसदमा पेश गर्नु परेकाले विपक्षी संसदहरुले कानूनी मर्यादालाई पनि ध्यान दिन आग्रह गर्नुभएको थियो ।
बैठकमा सांसदहरूले सभापति परिवर्तन गर्ने विषय समितिमा नभई त्यसको भिन्नै
प्रक्रिया रहेकोले यस्ता कुराहरूलाई पनि ध्यान दिन विपक्षी संसदहरुलाई आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्