रामेछाप बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु, ७ जनाको सनाखत

काठमाडौँ । रामेछापको लुभु भीरमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
रामेछापको सुनापती गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सुनापती गाउँपालिकाका प्रमुख ठुलो कान्छा तामाङले जानकारी दिनुभयो ।
मृतक मध्ये अहिलेसम्म ७ जनाको सनाखत भइसकेको छ ।
सनाखत हुनेमा सुनापती–५, रुपाकोटका ठूला तामाङ, सोही स्थानका सपना तामाङ, सुनापती खनिया पानीका सन्जु आले, सुनापती–५, कटुञ्जेका खड्क बहादुर विक, सुनापती–४ ल्हाटा का समरीता तामाङ रहेका छन् ।
त्यस्तै, भक्तपुर सूर्यविनायकका कमला तामाङ, पाँचखाल ढाटखोलाका कान्छी माया मानन्धर रहेका गाउँपालिका प्रमुख तामाङले जानकारी दिनुभयो ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्