जबर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ
चितवन, ७मङ्सिर – जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।रासस
प्रतिक्रिया राख्नुहोस्