थाहा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि आयोजक जनकल्याण माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा जनकल्याण माविले १२ स्वर्ण, १० रजत र पाँच कांस्यसहित उपाधि जितेको हो ।

प्रतियोगिता अन्तर्गत मेयर भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि सुन्दरी देवी माविले जितेको छ । फाइनल खेलमा आयोजक जनकल्याण माविलाई ३–१ सेटले पराजित गर्दै सुन्दरी देवीले उपाधि जितेको हो ।
महिला तर्फको भलिबल प्रतियोगिता आयोजक जनकल्याण माविले जितेको छ ।
झम्केश्वरी मावि चार स्वर्ण र तीन कांस्य जित्दै द्वितीय तथा बज्रबराही मावि तीन स्वर्ण, चार रजत र दुई कांस्यसहित तृतीय भएका छन् ।
प्रतियोगितामा १५ विद्यालयको सहभागिता थियो । असार ३ गतेबाट सुरु भएको प्रतियोगिता आजको भलिबल खेलसँगै सकिएको हो ।








प्रतिक्रिया राख्नुहोस्