तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

झापा । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा आजदेखि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ ।

डेंगु लगायत किटजन्य रोगहरूको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।

वडा नम्बर १ को कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमबिच नगर प्रमुख पवित्रा महतारा प्रसाईँले अभियानको सुरुवात गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रसाईँले विषादी छर्किने प्राविधिकहरू तालिम प्राप्त रहेकोले सिकेको सीपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव दिनुभयो ।

वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरूले निर्देशनअनुसार काम गर्ने जनाउँदै विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरूले सहयोग गर्ने बताउनुभयो ।

अभियान असार १७ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिनुभयो । एक पटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारी रुपमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button