तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन पुल अलपत्र पर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग

बारा । बालगंगा खोलाको पुलमा जग्गा विवाद झिकेर निर्माणाधीन पुल अलपत्र पर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

जग्गा विवाद झिकेर निर्माणाधीन पुल अलपत्र पर्ने सखरा हाउजिँग कम्पनी प्रा.लि.वसुन्धरा काठमाडौँलाई स्थानीयले कारबाहीको माग गरेका हुन् । सिमरा–कोल्हवी सडकखण्ड अन्तरगत जीतपुरसिमरा उपमहानगर १२, १५ रु १८ को सिमानामा पर्ने बालगंगा खोलाको पुल सो कम्पनीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् ।

वडा नं. १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्यीय सङ्घर्ष समिति बनाएर पुल तत्काल निर्माण सम्पन्न गर्न दबाब सृजना गर्ने भेलाले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button