तपाईँ सुन्दै हुनुहुन्छः

‘एमाले कुनै पनि नामको गठबन्धनको बाटोमा छैन’

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको बताउनुभएको छ ।

एमालेसँग गठबन्धन बनाउने र गठबन्धन भत्काउने कुनै फुर्सद नभएको उहाँको भनाई थियो । रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेले अहिलेका कुनै पनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।

नेता पौडेलले नेकपाको दुई तिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने, उनीहरूसँग गठबन्धन हुने कुनै पनि गठबन्धन नहुने दाबी गर्दै उहाँले त्यस्तो भ्रमको पछाडि नलाग्न आग्रह गर्नुभयो । एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै निर्वाचनमा लड्दा पनि मतको हिसाबले एमाले पहिलो दल बनेको दाबी गर्दै पौडेलले आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button