निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

वीरगंज । मुख्यमन्त्री लालबाबु राउतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि बहानामा सार्न नमिल्ने बताउनु भएको छ ।
निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको निजगढ सार्वजनिक सरोकार समितिको अनसन तथा आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागी अति महत्त्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफूहरूलाई स्वीकार्य नहुने बताउनुभयो ।
उहाँले स्थानीय वासिन्दाहरुसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतको फैसलाको पूर्ण अझै आइ नसकेकोले नआत्तिन आग्रह समेत गर्नुभयो ।
मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा निजगढ विमान स्थलको लागि सकारात्मक सन्देश आउने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले निजगढ विमान स्थल बन्नु पर्नेमा हामी दृढ छौ , तर विमानस्थलको नाउँमा अनावश्यक रुख कटानी गर्न दिँदैनौ ।

विश्वको सबै भन्दा ठूलो विमानस्थल होइन, नेपालको लागी सुहाउँदो विमानस्थल बनाउनका लागि प्रदेश सरकार हर सम्भव प्रतिबद्ध छ भन्नुभयो । विमान स्थलको नाउँमा जङ्गल नै सिद्धाउने चलखेल हुँदै आएको प्रति निजगढवासीलाई सचेत गराउनु हुँदै मुख्यमन्त्री राउतले निजगढ विमान स्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागी दबाब दिन आग्रह समेत गर्नु भयो ।
निजगढवासीले केही दिन यता जारी राखेको चक्का जाम सहितको आन्दोलन तत्कालका लागी स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले सर्वोच्चको पूर्ण पाठ नआउन्जेल सम्मको लागी आन्दोलन स्थगित गर्नुस् ।
पूर्ण पाठ हाम्रै पक्षमा आउँछ भन्नेमा आफू आश्वस्त रहेको दाबी गर्नुभयो । मुख्यमन्त्री राउतले रिले अनसनमा बसेका आन्दोलनकारीहरू समेतलाई भेटे पछि सरोकार समितिले पूर्वपश्चिम राजमार्गमा गर्दै आएको चक्का जाम कार्यक्रम आजै बाट स्थगित गरेको छ भने रिले अनसनलाई निरन्तरता दिने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्