तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुचारु 

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते देखि देशभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुचारु गर्ने भएको छ । 

आयोगले आज पत्रकार सम्मेलन मार्फत पेशा, व्यवसाय वा अन्य कारण अस्थायी बसोबास गरिरहेको जिल्लामा मतदाता नामावली दर्ता गर्न सक्ने, विवरणहरूको त्रुटि सच्याउने लगायतका कार्य सबै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, र ७३ वटै इलाका प्रशासन कार्यालयबाट गरिने जानकारी दिएको छ । 

निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने भएकाले मिति घोषणा पूर्व आफ्नो नाम दर्ता गराउन योग्यता पुगेका सबै नागरिकहरूलाई आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button