अछामका युवा अष्ट्रेलियाका पर्यटन दूत
अछाम । अछामका युवा उद्यमी स्वतन्त्रप्रताप शाह अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको छ । उहाँलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरेको हो ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेलले शाहलाई नियुक्ति पत्र प्रदान गर्नुभयो ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्ष समेत रहेका शाहले नेपाली राजदूतावास सहित सरोकारवाला निकायहरूसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुहुने बताइएको छ । शिक्षण र होटल व्यवसायमा आबद्ध उहाँले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्