तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायीलाई समस्यामा पार्न खोजिएको छैन: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र उद्योगी, व्यवसायीबिच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा मन्त्री शर्मा र उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिबीच आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउ तेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा छलफल भएको हो ।

file photo

सो अवसरमा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकीकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको र बजेटमार्फत उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न नखोजिएको प्रस्ट पार्नुभयो ।

छलफलपछि अर्थमन्त्री शर्माले समस्या भएका केही क्षेत्र र विषयका बारेमा सम्बोधन गर्न तयार रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button