ह्युमपाइप बगाएपछि वैकल्पिक बाटो सुधारको काम सुरु

सिन्धुपाल्चोक । मेलम्ची हुँदै इन्द्रावती, पाँचपोखरी जाने अस्थायी ह्युमपाइप बगाएपछि वैकल्पिक बाटोको सुधारको काम सुरु गरिएको छ ।
वैकल्पिक सडकको रुपमा मेलम्ची १० को वडा कार्यालय बडहरे, सञ्जेलटार हुँदै बाहुनेपाटी पुग्ने सडकको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभयो । उहाँले खोला किनारको बाटो भन्दा यो सडक राम्रो रहेकाले ग्राभेल हाल्ने, सडक चौडा गर्ने, ह्युमपाइप राख्ने कार्य गरी यातायात सहज सञ्चालनका लागि कार्य बनाउन निर्देशन दिनुभयो ।
मेलम्ची नगरपालिका वडा नम्बर १० का अध्यक्ष अमृत खनालले आजै बाट सडक चौडा तथा स्तराेउन्नतीको काम सुरु गरिएको जानकारी दिँदै ३,४ दिनमा कार्य सम्पन्न गर्ने बताउनुभयो । खनालले क्युको बस, हेभि गाडी सधैभरी सहजरुपमा चल्नेगरी सडक मर्मत गरिने बताउनुभयो ।
नगर प्रमुख तामाङले १३ वटै वडा सम्म पुग्ने बाटो,बाहुनेपाटि मेलम्ची भोताङ, छापभञ्ज्याङ मेलम्ची, मेलम्ची तालामाराङ, बाहुनेपाटि काहुलेदोभान, भोटेचौर सडक कुनैपनि समयमा अवरोध नहुनेगरि कार्य गर्न आफूले निर्देशन दिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्