टीकापुर नगरपालिकाले ६ दिन विद्यालय बन्द गर्ने

टीकापुर, कैलाली । कैलालीको टीकापुर नगरपालिकाले ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
लामो समयसम्म पानी नपर्दा अत्यधिक गर्मी भएका कारण जेठ २९ गतेदेखि असार ३ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
टीकापुर नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापक र सरोकारवालाहरूको जेठ २६ गते बसेको बैठकले ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले जानकारी दिनुभयो ।
असार ४ गते शनिबार परेकाले अब ५ गते आइतबारदेखि विद्यालय खुल्ने प्रमुख चौधरीले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्