चितवनको राप्तीमा बस दुर्घटना हुँदा १० जना यात्रु घाइते
चितवन । पूर्वी चितवनको राप्तीमा बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरूमा मकवानपुर उपमहानगरपालिकाका मञ्जु सिलवाल, बारा कलैयाका मनोज गिरी, सोही ठाउँका निरञ्जन पासवान, भारत रक्सौलका भोलन गिरी, सोही ठाउँका उगम पटेल, रौतहट कडरियाका सुरेश दास र सोही ठाउँका आश कुमार यादव रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै मध्यम घाइते हुनेहरूमा भरतपुर महानगरपालिका वडा नम्बर १७ का भरत ढकाल, वडा नम्बर २६ का दिल बहादुर बिक र सोही ठाउँका रेवारे बिक रहेका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ बजेर ३५ मिनेटमा राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी स्थित पूर्व पश्चिम राजमार्गमा नारायणघाटबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस सडकमा दुर्घटना भएको हो ।
बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाटो अवरोध नभएको, उक्त स्थानमा ईप्रका भण्डाराबाट प्रहरी निरीक्षकको टोली खटिएको छ ।









प्रतिक्रिया राख्नुहोस्