तपाईँ सुन्दै हुनुहुन्छः

शिशु हत्या गरेको आरोपमा १५ वर्षीया आमा प्रहरीको नियन्त्रणमा 

दाङ । दाङमा आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् । १६ दिनकी शिशुको हत्या गरेको आरोपमा दाङको राप्ती गाउँपालिका ३ मसुरिया निवासी १५ वर्षीया आमा पक्राउ परेकी हुन् । 

उनलाई छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभएको छ । काफ्लेका अनुसार छोरी रोएपछि आमाले स्तनपान गराउँदा पनि रुने क्रम नरोकिएपछि आवेगमा आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।

आमाले जन्माएको १६ दिनको शिशुको बुधवार बिहान घर पछाडि रहेको सेप्टी ट्याङ्कीभित्र मृत अवस्थामा फेला परेको थियो । शिशुको शवको पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको दाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button