तपाईँ सुन्दै हुनुहुन्छः

छिट्टै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालको भनाई 

फाइल तस्बिर

सप्तरी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताएका छन् ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन आज मङ्गलवार सप्तरी आएका अध्यक्ष नेपालले राजविराजमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताउनु भएको छ  । 

नेता नेपालले भन्नुभयो, ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो उहाँले भन्नुभयो  ।’

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्री प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्रिपरिषदमा हुनुहुन्छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भने अगाडि बढिरहने बताउनुभयो । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका निम्ति उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गठबन्धनमा छलफल हुने उहाँले बताउनु भयो  । ‘गठबन्धनका सबै घटक छलफल अघि बढाउनुपर्नेमा तयार छन्, उहाँले भन्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button