तपाईँ सुन्दै हुनुहुन्छः

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले बाँके–२ नेपालगञ्जका सुन्दर हरिजनको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना गम्भीर प्रकृतिको भएकाले संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोगले आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने, गराउने कार्यमा संवेदनशील हुन सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

बाँके–२ नेपालगञ्जका सुन्दर हरिजन रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाँय भोगिरहेको अवस्थामा यही जेठ ४ गते मृत्यु भएको थियो । आयोगको नेपालगन्ज कार्यालयको अनुगमन टोलीले यही जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान सुरु गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button