तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा भूकम्प चारको मृत्यु

चेङ्दु, चीन । चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधवार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । 

आज  बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका दुई जनाको अवस्था अहिले स्थिर छ ।  अन्य ३८ जना सामान्य घाइते भएका छन् भने तत्काल कुनै खतरा छैन।

भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराइमा  ३०.४ डिग्री उत्तर अक्षांश र १०२।९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button