बागमती प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
बैठकमा प्रदेश सभाका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकमा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो ।
उहाँहरूले विगतमा चार वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजना नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताउनुभयो ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सरकार चुनावी एजेन्डा बाँड्न सक्रिय रहेको बताउनुभयो ।
प्रदेशसभाको अर्को बैठक भोलि बिहीबार बिहान ८ बजे बस्नेछ ।
रासस







प्रतिक्रिया राख्नुहोस्