तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी उपमहानगरपालिकाले थप ४ स्वास्थ्य चौकीबाट रेफर दिने

सुनसरी । इटहरी उपमहानगरपालिकाले आफ्ना थप ४ स्वास्थ्य चौकीबाट रेफर दिने भएको छ ।

नव निर्वाचित मेयर हेमकर्ण पौडेलले गर्नुभएको पहिलो निर्णय अन्तर्गतको यो व्यवस्थालाई इटहरी अस्पतालले कार्यान्वयनमा ल्याएको हो ।

इटहरी अस्पतालबाट मात्र रेफरको व्यवस्था हुँदै आएकोमा स्वास्थ्य बिमाका सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै इटहरीका अन्य ४ वटा स्वास्थ्य चौकीहरू हाँसपोसा, पकली, एकम्बा र खनारबाट पनि रेफर गर्ने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button