लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि तयार गरेको सरकारको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भएको हो ।
प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिइएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभयो ।
सरकारले यही जेठको २३ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । सोही अनुसार नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा सरकारका सबै मन्त्रालयहरू केन्द्रित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्