तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग  खेल्ने आइसिसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते हुनेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग असार २९ गते खेल्नेछ भने नामिबियाविरुद्धको तेस्रो खेलमा नेपालले असार ३२ गते खेल्नेछ । त्यस्तै चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग आगामी साउन १ गते खेल्नेछ । लिग दुईकै सिरिजअन्तर्गत नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ । अमेरिका र ओमनसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको हो । उक्त सिरिज यही जेठ २५ गतेदेखि असार ५ गतेसम्म चल्नेछ । 

लिग दुईको अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ खेलमा जित तथा ६ खेलमा हार व्यहोरेको छ । त्यसैगरी अङ्क तालिकाको शीर्ष स्थानमा ओमन रहेको छ । 

त्यसैगरी दोस्रो स्थानमा स्कटल्यान्ड रहेको छ भने तेस्रोमा संयुक्त अरब इमिरेट्स (युएई), चौथोमा अमेरिका र पाँचौँ स्थानमा नामिबिया रहेको छ । पपुवा न्यूगिनी सातौँ स्थानमा छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button