तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने मेयर साहको प्रस्ताव

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले कार्यपालिका बैठकमा तत्काल फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको छ ।  

file photo

पदभार ग्रहण गरेपछि सञ्चालन गरिएको पहिलो बैठकमा प्रमुख साहले तीन दिनदेखि उठ्न नसकेको  काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गर्नुभएको हो । 

उहाँले कार्यपालिका सदस्यहरुमाझ तत्काल दुई वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्न र नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जानुपर्ने धारणा राख्नुभयो । 

प्रमुख साह, उपप्रमुख सुनिता डङ्गोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि आज पहिलो बैठक बसेको हो । बैठकको प्रमुख साहको निर्देशानुसार प्रत्यक्ष प्रशारण गरिएको छ । सडकमा थन्किएको फोहर व्यवस्थापन नभएसम्म माला खादा नलगाउने प्रमुख साहले घोषणा गर्नुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button