तारा एयरको विमान दुर्घटनाः १६ जनाको शव फेला, उद्धारलाई तिब्रता

काठमाडौँ ।मुस्ताङ दुर्घटनाग्रस्त तारा एयरको खोज उद्धारका लागि दुर्घटनाग्रस्त स्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धारलाई तिब्रता दिएको छ ।
चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
कोवाङबाट हेलिकप्टरबाट गएको नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोलीले घटनास्थल पुगेर खोज उद्धार जारी राखेको मुस्ताङ्का प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार विमानमा सवार १६ जनाको सब भेटिएको छ ।खराब मौसम र बाक्लो कुहीरोका कारण खोज तथा उद्धारमा समस्या सिर्जना भएको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले निरन्तर खोज उद्धारको कार्य भने जारी रहने बताउनुभयो ।
पोखराबाट हिजो बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । जहाजमा चालक दलका तीन र १९ जना यात्रु सवार रहेको बताइको छ ।
तारा एयरका अनुसार १३ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक विमानमा सवार थिए ।








प्रतिक्रिया राख्नुहोस्