संघीय संसदको संयुक्त बैठकलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौं । आज बस्ने सङ्घीय संसद्अन्तर्गत दुवै सदनका संयुक्त बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने हुनुभएको छ । दुवै सदनको संयुक्त बैठक बिहान ११ बजे बस्दैछ ।
अध्यक्ष ओलीले आज सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा आफ्नो पार्टीको धारणा राख्न लाग्नुभएको हो ।
आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नुहुने कार्यसूची छ । त्यसैगरी आजको बैठकमा सरकारले प्रस्तुत गरेको आ.व. २०७९/०८० वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू प्रस्तुत गरिने कार्यसूची छ ।








प्रतिक्रिया राख्नुहोस्