तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना : एकको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु जिरी सडक खण्डको २ किलोमा एम्बुलेन्स दुर्घटनामा परेको छ ।

गए राति खाडिचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनकोसी ७ कि ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको छ ।

सडक छेउको घरमा एम्बुलेन्स पसेर खड्काको निधन भएको हो । एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button