तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरमा खड्का र चौधरी विजयी हुने निश्चित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयर र उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुने निश्चित भएको छ । ७४ हजार ३३६ मत खसेकोमा ७१ हजार १६६ मत गणना सकिदा मेयर ३ हजार ३६६ मत रहेका छन् भने उपमेयर ९ हजार २०१ मतले अघि रहेका छन् । अब ३ हजार १७० मत गणना गर्न बाकी रहेको छ ।

नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार टिकाराम खड्काले ३० हजार ३५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका गेहेन्द्र गिरिको २६ हजार ६६९ मतले पछि पर्नुभएको छ । खड्का र गिरिबिचको मतान्तर ३ हजार ३६६ को रहेको छ ।

यस्तै उपमेयर पदमा पनि नेकपा एमालेका तर्फबाट स्यानी चौधरी फराकिलो मतान्तरमा रहनु भएको छ । चौधरीको २९ हजार ३४५ मत हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका नेता जोगबहादुर रानाको २० हजार १४४ मत रहेको छ । चौधरी र रानाबिचको मतान्तर ९ हजार २०१ मत रहेको छ ।

मतान्तरभन्दा कम मत गणना गर्न बाकी रहेकोले खड्का र चौधरीको विजयी निश्चित रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button